अपराध महाशाखाकाे नेतृत्व एसएसपी खापुङलाई

काठमाडौं । सरकारले महानगरीय अपराध महाशाखा, बानेश्वरको नेतृत्व परिवर्तन गरेको छ ।

गृह मन्त्रालयले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको ठाउँमा एसएसपी चन्द्रकुवेर खापुङलाई काज सरुवा गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्रीस्तरीय निर्णयबाट महाशाखा प्रमुख थापालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा गरि एसएपी खापुङलाई प्रमुखका रुपमा महाशाखामा सरुवा गर्ने निर्णय भएको जानकारी पाएपनि पत्र भने पुगिनसकेको प्रहरी प्रधान कार्यालय नक्साल श्रोतले मकालु खबरलाई जानकारी दिएको छ ।

प्रतिक्रिया