मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘प्रेमगन्ज’ बनाउँदै स्पोर्ट्स ब्वाई राजु 

काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ निर्माण हुने भएको छ । विगत २५ वर्षदेखि सिने क्षेत्रमा स्पोर्ट्स ब्वाइको रूपमा काम गर्दै आएका राजु फुयाँलले चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् ।

प्रेम कथामा आधारित रहने चलचित्र ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण हुनेछ । परिच्छेद सेनको निर्देशन रहने चलचित्रमा कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहनेछन् । चलचित्रका लागि कलाकार भने तय हुन बाँकी रहेको छ ।

लामो समय यही क्षेत्रमा बिताएका राजुले हालसम्म तीन सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । राजु अहिले एक भोजपुरी चलचित्रका लागि भारतमा छन् । उनीसँगै काम सुरु गरेका धेरै स्पोर्ट्स ब्वाई निर्देशक बनिसकेका छन् ।

प्रतिकृयाहरु
Loading...