‘आमा कहाँ खोजुँ?’ को टिजर सार्वजनिक

काठमाडौँ । म्युजिकल चलचित्र ‘आमा कहाँ खोजुँ ?’ को टिजर सार्वजनिक भएको छ ।अशोक थापा मगरद्वारा निर्देशित चलचित्रमा नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र सृष्टि थापा मगरको अभिनय रहेको छ ।

आमाले विविध कारणले आफ्नो नवजात शिशुलाई फाल्न बाध्य रहेको कथा चलचित्रमा छ ।

चलचित्रमा अशोक थापा मगरको सङ्गीत र शब्द रहेको छ । चलचित्रका गीतलाई गीताञ्जली थापा मगरले आवाज दिएकी छन् भने सङ्गीतमा राजु थापा मगर पनि आबद्ध छन् ।

टेक बहादुर थापा र राजु थापा निर्माता भएको उक्त चलचित्रका क्यामेराम्यान भने दीपक बज्राचार्य हुन् ।

प्रतिक्रिया