‘दोहोरी च्याम्पियन’ हुने

लोकदोहोरी प्रतिभाहरूका लागि दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । बद्री पङ्गेनी र प्रीति आलेले सञ्चालन गर्ने नेपाल टेलिभिजनबाट प्रसारण हुने तयारीका साथ यसको डिजिटल अडिसन सुरु भैसकेको छ ।

फागुन १ गतेबाट सुरु भएको डिजिटल अडिसन ८ गतेसम्म चल्नेछ । अडिसनमा सहभागिताका लागि एक जना पुरुष र एक जना महिला कलाकारको टिम बनाई कम्तीमा ४–४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ । ‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेले २० लाख पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । फागुनको तेस्रो साताबाट यो शो टेलिभिजनमा प्रसारण हुनेछ ।

प्रतिक्रिया