इन्टर मिलान शीर्ष स्थानमा

काठमाडाैँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलान विजयी भएको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले लाजियोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा रोमेलु लुकाकुले २ गोल गरेका छन् । भने लउतारो मार्टिनजले एक गोल गरेका थिए । त्यस्तै लाजियोका लागि सेर्गेज साभिकले एक गोल फर्काएका थिए ।

जितपछि इन्टर मिलान सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ । इन्टरमिलानको २२ खेलमा ५० अंक भएको छ भने एसी मिलानको २२ खेलमा ४९ अंक रहेको छ । त्यसैगरी लाजियोको २२ खेलमा ४० अंक रहंदा लिगकाे सातौं स्थानमा छ ।

प्रतिक्रिया