नेपालमा माटोको विद्युतीय नक्सांकन

काठमाडौँ । नेपाली किसानले अब आफ्नो खेतबारीका माटोको उर्बराशक्ति, अम्लीयपन प्रांगारिक पदार्थ माटोको बनोट जस्ता सजिलै जानकारी पाउन सक्ने भएका छन् ।

प्रधानमन्त्रीसमक्ष यसबारे आइतबार प्रस्तुत गरिएको विवरण अनुसार नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सार्वजनिक गर्न लागेको माटोको विद्युतीय नक्सांकनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ?कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्नेछन् ।

देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परीक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्छन् ।

नक्सांकन कार्यले किसान मात्र नभई नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवा प्रदायक संघ संस्था, मल आयातकर्तालाई समेत माटो सम्बन्धी पूर्ण जानकारी दिनेछ ।

माटोमा के कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ ? कुन ठाउँमा कस्तो किसिमको मलआपूर्ति गर्ने, माटोको सुधारका लागि अम्लीयपन, प्रांगारिक पदार्थको मात्रातथा सुक्ष्म खाद्य तत्वहरुको सन्तुलन कसरी गर्ने ? जस्ता निर्णय लिन सहज हुनेछ ।

प्रतिक्रिया