दुई थान भालुको पित्तसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले २ थान भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-७ विष्णुमती चोक बस्दै आएका बिगुन राईलाई १ सय ३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित पक्राउ गरेको हो।

संखुवासभा चिचिला गाउँपालका-२ घर भएका ३२ वर्षीय बिगुन राईलाई आइतबार दिउँसो बुढानिलकण्ठ- ७ विष्णुमती चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाई ल्याउँदै गरेको भन्ने सूचना पाएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई भालुको पित्तसहित फेला पारी पक्राउ गरेको हो ।

बरामद भालुको पित्त प्रतिग्राम २५ हजार रुपैयाँ दरले बिक्री गर्ने उद्देश्यले ल्याएको प्रहरी अनुसन्धानमा खुलेकाे छ ।

प्रतिक्रिया