नेपाल-चीनबीचका दुई व्यापारिक नाका बन्द

काठमाडौं । नेपाल-चीनबीचका दुईवटा व्यापारिक नाका बन्द भएका छन् । चिनियाँ भन्सार यार्डका श्रमिकहरु ल्होसार छुट्टीमा गएपछि यी नाका बन्द भएका हुन्।

बन्द हुने नाकामा सिन्धुपाल्चोकस्थित तातोपानी र रसुवास्थित रसुवागढी नाका रहेका छन् ।

चिनियाँ कामदारहरु ल्होसार पर्वको छुट्टीमा घर गएकाले रसुवागढी नाकामा केही मात्रामा भइरहेको आयातसमेत रोकिएको सुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए ।

 

दैनिक रुपमा पाँच कन्टेनर आयात हुने गरेकोमा कर्मचारीको अभावमा अहिले यी नाकाहरू ठप्प भएको उनी बताउँछन्।

प्रतिक्रिया