बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु
२०७७ फागुन २ गते

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान ४ बजेतिर भएको हो ।
दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।
दुर्घटनामा परी ४ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ । बस गलत साइडमा चल्न पुग्दा अगाडि रहेको ट्रकसँग ठोक्किएको हो ।
२०७७ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित








