अर्को चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले अर्को चरणको आन्दोलनको घोषणा गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको सो समूहले दिउँसो पत्रकार सम्मलेन मार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको हो ।

त्यसका लागि दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गरिएको प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी दिए । अहिले आन्दोलनका थप रणनीतिबारे शीर्ष नेतृत्वबीच छलफल भइरहेको पनि उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्कोको चर्को आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया