यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन ०२ गते । आईतबार । ईश्वी सन् २०२१ फेब्रुवरी १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–तृतीया,४७ घडी २५ पला,रातको ०१ बजेर ४२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाभाद्रपदा,२४ घडी ३९ पला,बेलुकी ०४ बजेर ३६ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग–सिद्ध,४६ घडी ५२ पला,रातको ०१ बजेर २९ मिनेट उप्रान्त साध्य । करण– तैतिल,दिउसो ०१ बजेर ०८ मिनेट उप्रान्त गर,रातको ०१ बजेर ४२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–कुम्भ,बिहान १० बजेर १३ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । दिनमान २७ घडी ५२ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ४४ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ४५ मिनेटदेखी बिहान ८ बजेर ०८ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ०९ मिनेटदेखी बिहान ९ बजेर ३१ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ३२ मिनेटदेखी बिहान १० बजेर ५५ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५६ मिनेटदेखी मध्यान्ह १२ बजेर १९ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखी दिउसो १ बजेर ४२ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४३ मिनेटदेखी दिउसो ३ बजेर ०६ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर ०७ मिनेटदेखी बेलुकी ४ बजेर ३० मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ३१ मिनेटदेखी बेलुकी ७ बजेर ३० मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बेलुकी ०४ बजेर २९ मिनेटदेखी बेलुकी १० बजेर ५३ मिनेटसम्म रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेकोछ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईँको उपस्थिति कमजोर रहनेछ । आफन्त तथा अरुको लागी समय दिनुपर्दा आफ्नो काम थाती रहनेछ ।

आजको राशिफल
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानी हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगती गर्न सकिने हुनाले गुरुवर्गहरु खुशि हुनेछन् । सरकारी धन तथा पैत्रिक धन सम्पती हात लाग्ने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकोले आफन्त तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेकोछ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा बाधा तथा अवरोध हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि भई आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताकोको समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) यात्राको प्रशस्त सम्भावना भएपनि अन्तिम समयमा आएर रोकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ भने समयले साभ नदिदा कामहरु समाउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा समय दिए पनि अरुनै कामको प्रेसरले प्रगति गर्न सकिने छैन । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने परिवारमा आफन्तबिच राय बाजिनेछ । अत्यावश्यक काम बाहेक यात्रा नगर्नु ने उचित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरि सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेकोछ । पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । भौतिक सम्पती तथा विलाशी बस्तुको हात लागि हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय मध्ययम रहेकोले अध्ययनमा मन जाने छैन भने प्रतिस्पर्धीहरु हावी हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा घरपरिवारका साथ मिष्ठान्न भोजन गर्दै समय व्यातित गर्न सकिनेछ । मामा मावली पक्षबाट पनि सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले कामहरु थाति रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्नछ भने जिम्मेवारी बढ्नेछ । तरपनि प्रयत्न गर्र्दा विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी भई मिष्ठान्न भोजन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले छोटो दुरिको लाभदायी यात्राको तय गर्न सकिनेछ । परिवारका साथ सगै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच आत्मियताको बन्धन अझ कसिलो भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । मध्यान्हबाट आर्थिक गतिबिधि सम्बन्धि काम गर्दा बिशेष चनाखो रहनु होला समय मध्ययम रहेकोछ । अध्ययनमा समय दिए अनुसार नतिजा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपुर्ण बाताबरणमा समय व्यातित हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरि नाम,नाम तथा ईनाम कमाउन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया