‘तिम्रो मेरो साथ’ प्याकअप

काठमाडौँ । चलचित्र ‘तिम्रो मेरो साथ’ को छायाङ्कन सकिएको छ । पोखरामा एक कार्यक्रम गर्दै छायाङ्कन सकिएको जानकारी टिमले दिएको हो । काठमाडौँ र पोखरामा खिचिएको चलचित्र ३३दिनमा सकिएको हो ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको छ । रमेश एमके पौडेल निर्देशक तथा निर्माता रहेको चलचित्र आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको हो । सविर श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रमा सरोज खनाल, खबपु, इमिली लामा, ध्रुव दत्त लगायतको समेत अभिनय रहेको छ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ भने योगेश काजीले सङ्गीत भरेका छन् ।

प्रतिक्रिया