‘कृष्ण लीला’ को शीर्ष गीत सार्वजनिक

काठमाडौँ । ‘कृष्ण लीला’ चलचित्रको शीर्ष गीत ‘कुनै दिन’ सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकार पुष्प खड्का र श्रद्धा छेत्री फिचर्ड गीतमा अर्जुन पोखरेलको सङ्गीत छ । गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् भने पुरुषोत्तम ढुङ्गेल र नारायण सापकोटाको शब्द रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा माया प्रेमको कुरा गरिएको छ ।

चैत २७बाट प्रदर्शनमा आउने चलचित्रको प्रस्तुत कर्ता रोहित कट्टेल रहेका छन् । दीपक ओलीले निर्देशन गरेको चलचित्र प्रकाश राज कार्की र केवल तामाङ मिलेर निर्माण गरेका हुन् । चलचित्रमा पुष्प र श्रद्धा सँगै बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ लगायतको अभिनय रहेको छ । चलचित्र शिव ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् ।

प्रतिक्रिया