जसपा नेता हवारी नेकपामा प्रवेश
२०७७ माघ ३० गते

|जसपा नेता इस्लाम हवारीलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री। तस्वीरः प्रधानमन्त्री सचिवालय|
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका नेता इस्लाम हवारी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
नेता हवारीले शुक्रबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच नेकपामा प्रवेश गरेका हुन् ।
आफ्नो पार्टीमा प्रवेश गराउँदै ओलीले हवारीलाई उत्कृष्ट खालको काम दिने घोषणासमेत गरेको उनको सचिवालयले जनाएको छ ।
हवारी जसपामा स्थायी समिति सदस्य एवम् पार्टीका युवा इन्चार्जको जिम्मेवारीमा थिए ।
२०७७ माघ ३० गते
प्रतिक्रिया
सम्बन्धित








