फ्लोरमा ‘दि सेक्रेट्स अफ राधा’

काठमाडौँ । चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ को छायाङ्कन सुरु भएको छ । सुवर्ण थापाको निर्देशनमा चलचित्रको छायाङ्कन बिहीबारबाट पालुङमा सुरु गरिएको हो भने बाकी छायाङ्कन काठमाडौँमा गरिनेछ ।

निर्देशक थापा र नायक सौगात मल्लको निर्माणमा बनेको चलचित्रमा सृष्टि श्रेष्ठ र मेनुका प्रधान जोडिएका छन् । उनीहरूको साथै चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने मुख्य भूमिकामा देखिने छन् भने दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा देखिने छन् । सौगातको आदियोगी भिजन र सुवर्णको ब्यानरबाट चलचित्र बनिरहेको छ ।

प्रतिक्रिया