ओपो र चचियाङ युनिभर्सिटीद्वारा कलर रिसर्च ल्याब स्थापना

काठमाडौं । ओपोले चचियाङ विश्वबिद्यालयसँगको सहकार्यमा ओपो–चचियाङ युनिभर्सिटी ज्वाइन्ट इनोभेसन सेन्टर, कलर रिसर्च ल्याब स्थापना गर्ने घोषणा गरेको छ । वैज्ञानिक अन्वेषण, प्राविधिक नवप्रवर्तन र कलर साइन्सका क्षेत्रमा प्रतिभा विकास गर्ने उद्देश्यले उक्त कलर रिसर्च ल्याब स्थापना गर्न लागिएको कम्पनीले जनाएको छ ।
प्राविधिक नव प्रबर्तनका क्षेत्रमा चेचियाङ युनिभर्सिटी विश्वकै अग्रणी विश्वविद्यालयमा पर्छ । सन् २०२० क्यूएस वल्र्ड युनिभर्सिटी र्याङकिङ अनुसार यो विश्वविद्यालय ५३ औँ स्थानमा छ ।
ओपो र चचियाङ युनिभर्सिटीद्वारा ओपो(चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टरमाकलर रिसर्च ल्याबको स्थापना
उक्त संयुक्त अनुसन्धान परियोजना अन्तर्गत ओपो र चचियाङ युनिभर्सिटीले आधारभूत रंग विज्ञानका विषयहरु, रंग प्रविधि, प्राविधिक मानक र प्रतिभा विकासका लागि अध्ययन कार्य गर्ने बताइएको छ । ल्याबले आधारभूत रंग विज्ञान अन्तर्गत आफ्नो अनुसन्धानलाई निरन्तरता दिँदै बृहत्त कलर भिजन डाटाबेसको स्थापना गर्ने, भिज्यूअल फंसन र कलर मोडल्सको विकास गर्दै तिनका ब्यवहारिक प्रयोगका बारेमा अध्ययन बताइएको छ । त्यस्तै, ओप्पोका अग्रणी उत्पादनको डिजाइनमा उच्च गुणस्तरीय रंग ब्यवस्थापनमा सघाउने र कलर इञ्जिनियरिङ अन्तर्गतका व्यवहारिक समस्याको समाधान गर्न मौलिक कलर प्रविधिको प्ल्याटफर्म स्थापनामा सघाउने समेत बताइएको छ ।
ओपोले बैज्ञानिक प्रतिभा तथा क्षमताको विकासमा सघाउन बिस्तृत योजनासमेत तयार पारेको जनाएको छ । सान्दर्भिक प्रशिक्षण कार्यक्रममार्फत विलक्षण प्रतिभा भएका इञ्जिनियर्सलाई ओपो आर एण्ड डी समूहमा प्राथमिकताका साथ प्रवेश दिँदै तिनलाई आफ्ना सैद्धान्तिक अवधारणा व्यवहारमा उतार्न सहयोग गर्ने जनाएको छ ।
‘वर्षौंको इनोभेसनका कारण ओपोसँग स्मार्टफोन डिस्प्ले र कलर म्यानेजमेन्ट टेक्नोलोजी अन्तर्गत फुल–पाथ कलर म्यानेजमेन्ट सिस्टम जस्ता पर्याप्त विशेषज्ञता र बृहत्त उपभोक्ता अन्तरदृष्टि हासिल भएको छ,’ ओपोका फोटोग्राफी डाइरेक्टर इगल झुले भने, ‘उपभोक्तालाई जीवनका रंगीन पलहरु अझ जीवन्त बनाउँदै क्यामेरामा कैद गर्न सघाउने अत्याधुनिक प्राविधिक उपाय उपलब्ध गराउन डा. मिङ रोनियर लुओ र उनका टिमसँग सहकार्य गर्न हामी निकै उत्साहित छौँ ।’
कलर र इमेजिङ अनुसन्धानका क्षेत्रमा कलर रिचर्स ल्याबले महत्वपूर्ण सफलता प्राप्त गर्नेमा आफूहरु विश्वस्त रहेको चचियाङ युनिभर्सिटीको कलर एण्ड इमेजिङ साइन्सका प्राध्यापक डा. मिङ रोनियर लुओले बताए ।
कम्पनीले भरखरै ओपो इन्नो डे २०२० मा ओपो फुल–पाथ कलर म्यानेजमेन्ट सिस्टम अनावरण गरिसकेको छ ।








