दीपिकासँग स्क्रिन सेयर गर्दै मुम्बईका रोहित

काठमाडौँ  चलचित्र ‘तिमीसँगै हुने मन छ’ मा दीपिका प्रसाईँ सँग मुम्बईका रोहित सुचान्तीले स्क्रिन सेयर गर्ने भएका छन् । दिवाकार भट्टराईले निर्देशन गर्ने चलचित्रको प्राविधिक समूह समेत भारतबाट नै ल्याउने तयारी छ ।

रोहितले तुने प्यार किया, रिश्ता लिखंगे हम नयाँ लगायतका आधा दर्जन सिरियलमा पनि काम गरेका छन् भने रियालिटी शो ‘बीग बोस १२’मा पनि भाग लिएका थिए ।

ओम नमः शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका लागि एक नायक नेपालकै हुने छन् । चलचित्रको छायाङ्कन चैत्रबाट सुरु हुँदै छ ।

प्रतिक्रिया