अभियोग पुष्टि भए झाँक्रीलाई ७ बर्ष जेल हुनसक्ने

काठमाडौँ । नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । झाँक्रीलाई प्रहरीले राज्य विरुद्धको कसु्र सम्बन्धि ऐनको दफा ५८ अनुसार पक्राउ गरेको हो ।

यो अभियोग पुष्टि भएमा उनलाई ७ बर्ष जेल वा ७० हजार जरिवाना वा दुबै सजाय हुन सक्छ । दफाले बल प्रयोग गरि वा नगरि राष्ट्रपति वा संसदलाई कुनै किसिमको धम्की दिने वा डरत्रास देखाउने वा दबाब दिने सम्बन्धि कसुरका पाँचवटा चरणको ब्यवस्था गरेको छ । जसमा पहिलो चरणको कसुर प्रमाणित भए ७ बर्ष जेल वा ७० हजार रुपैयाँ वा दुवै सजाय हुनसक्ने ब्यवस्था छ ।

यस्तै दोश्रो चरणको कसूर पुष्टि भएमा ४ बर्ष जेलको आधारबिन्दु तय गर्ने उल्लेख छ । राष्ट्रपतिको मानमर्दन गरेको अभियोगमा झाँक्रीलाई महानगरीय प्रहरी परिसरको टोलीले विहीबार शंखमुलमा रहेको डेराबाट उनलाई पक्राउ गरेको हो ।

हेर्नुस् कानूनी प्रावधानः

प्रतिक्रिया