राष्ट्रपतिकाे मानमर्दन गरेकाे अभियाेगमा झाँक्री पक्राउ

काठमाडौँ । नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि गोरखामा आयोजित एक कार्यक्रममा उनले दिएको अभिब्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गरेको विषयमा सोधपुछका लागि भन्दै प्रहरीले झाँक्रीलाई शंखमुलस्थित उनको डेराबाट पक्राउ गरेको हो ।

उनलाई राज्यविरुद्धकाे कसुर सम्बन्धी ऐनको दफा ५८ अनुसार अनुसन्धानका लागि पक्राउ पूर्जी दिएर पक्राउ गरेकाे हाे । पूर्जीमा थप अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने भएकाले पक्राउ पूर्जी जारी गरिएकाे उल्लेख गरिएकाे छ ।

यसअघि आफुलाई लिन पुगेकाे प्रहरीलाई पक्राउ पूर्जी दिन झाँक्रीले माग गरेकी थिइन् ।

प्रहरीले विहीबार विहान सोधपुछका लागि बोलाइएको प्रहरीले बोलाएको थियो । त्यसको केहीबेरमा महानगरीय प्रहरी परिसकरबाट सादा पोशाकका प्रहरी उनको निवासमा पुगेको थिाये । लगत्तै न उनीपक्षका नेता कार्यकर्ता पुगेर नाराबाजी गरेका थिए । त्यसपछि थप गरिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

झाँक्रीले बुधबारको सभामा पनि आफ्नो भनाइको बचाउ गर्दै लोकतन्त्रमा बोल्न पाइने बताएकी थिइन् ।

गोरखाको कार्यक्रममा उनले भनेकी थिइन् – ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ, बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु शीतलनिवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे, त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।’

उनले थपेकी थिइन्-‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रत्युत्पादक हो विद्या भण्डारी।’

झाँक्रीको यो अभिव्यक्तिपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै अनेमसँघले
गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको थियो।

प्रतिक्रिया