चलचित्र छोडेर क्यानडा उडिन् एलिजा

काठमाडौँ । एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’ छोडेकी छन् । बाबु बिरामी भएको भन्दै क्यानडा उडेकी उनले चलचित्र गर्न पर्याप्त समय नभएको बताएकी छन् । गौतमले चलचित्र छोडेसँगै दीपक श्रेष्ठ  नयाँ नायिकाको खोजीमा लागेका छन् ।

लामो समय पछि चलचित्र क्षेत्रमा कम ब्याक गर्दै गरेका निर्देशक श्रेष्ठलाई एलिजाको निर्णयले धक्का भने लागेको छ  ।

पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त एलिजालाई महँगो पारिश्रमिक लिने मोडलको रूपमा चिनिन्छ  । ‘कतै यसैको प्रभाव त होइन ? चलचित्र छोड्ने’ भन्ने जिज्ञासा समेत सिर्जना भएको छ ।

फागुन पहिलो साताबाट छायाङ्कनमा जाने  ‘घिन्ताङ’ मा गौरव पहारी यस अघि नै अनुबन्धित भैसकेका छन् ।

प्रतिक्रिया