पोर्चुगलमा थलिएका रवीन्द्र घर फर्किए

पोर्चुगल । काभ्रेपलाञ्चोकका ३१ वर्षीय रवीन्द्र गौतम बिरामीका कारण पोर्चुगलबाट नेपाल फर्किएका छन् ।

विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैर आवासीय नेपाली संघ पोर्चुगलको सहयोगमा बुधबार नेपाल पठाइएको हो । संघका अनुसार उनले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए ।

केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको संघका अध्यक्ष तिलक गैरेले जानकारी दिएका छन् । संघले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो । रासस

प्रतिक्रिया