यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ २९ गते । बिहीबार । ईश्वी सन् २०२१ फेब्रुवरी ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–औशी,४३ घडी ३४ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–श्रवण,१८ घडी ०१ पला,दिउसो ०१ बजेर ५९ मिनेट उप्रान्त धनिष्ठा । योग–वरियान,५२ घडी २४ पला,रातको ०३ बजेर ४४ मिनेट उप्रान्त परिध । करण–चतुष्पद,दिउसो १२ बजेर २४ मिनेट उप्रान्त नाग,रातको १२ बजेर १२ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४१ पला । दर्शश्राद्ध, हलो तथा निशी बार्ने, आर्यघाटमा माधवनारायणमेला, नवलपरासी त्रिवेणीमेला, धनिष्टा पञ्चक प्रारम्भ ।

आजको बार बेला ।
बिहान ०६ बजेर ४६ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ४७ मिनेटदेखी बिहान ८ बजेर १० मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ११ मिनेटदेखी बिहान ९ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।
बिहान ०९ बजेर ३४ मिनेटदेखी बिहान १० बजेर ५६ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखी मध्यान्ह १२ बजेर १९ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखी दिउसो १ बजेर ४२ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर ४३ मिनेटदेखी दिउसो ३ बजेर ०५ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर ०६ मिनेटदेखी बेलुकी ४ बजेर २८ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर २९ मिनेटदेखी बेलुकी ७ बजेर २८ मिनेटसम्म अमृत बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०१ बजेर ४१ मिनेटदेखी दिउसो ०३ बजेर ०४ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा सामान्य वृद्धि हुनेछ भने लगानीका स्रोत पहिचान गरी आम्दानी बढाउन सकिनेछ । परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिभिन्न अवसर आउने भएपनि अवसरहरुलाई उपयोग गर्न नसक्दा समय भन्दा पछी परिनेछ । काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले थाति रहनेछन् । कुनै योजना भए केही दिन गोप्य राख्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रुपैया पैसा तथा धन सम्पतिको राम्रोसँग व्याबस्थापन गर्नुहोला हराउने तथा चोरिने अधिक सम्भावना रहेकोछ । व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा समस्याहरु टार्न अलि गाह्रो भएको महशुष हुँनेछ । जीवन साथिसँग असमज्दारी बढ्ने तथा बिश्वास गरेकाहरुबाटनै धोका हुनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउन बढि नै मेहनेतको खाचो रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रमाईलो यात्राको तय हुने तथा व्यापारबाट नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हने तथा पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुनाले भने जस्तो आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । निर्माण सामाग्री तथा उत्पादनमूखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) हतार गरेर गरिने कुनैपनि कामको नतिजा राम्रो नआउने हुनाले काम गर्दा ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य तथा पेट सम्बन्धी समस्या आउन सक्छ । उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । माया प्रेममा सामान्य बिवाद हुनेछ भने जीवन साथिसँगको मनमुटाबले काम गर्न असहज हुनेछ । अन्य क्रियाकलापमा व्यास्त रहनाले पढाइ लेखाइमा नतिजा अरुतिरै जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुनाले आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेभ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धीहरुको मनोबल गिराउदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो व्याक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आजको प्रयास र व्यापारबाट दीर्घकालिन फाइदा हुनेछ । आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्नुहोला समय राम्रो रहेकोछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ भने नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ । सहयोगीहरूको साथ र सहयोगले राम्रा काम गर्न सकिनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाती रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने विदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउनेछ । अन्य काममा व्यास्त रहनाले पढाइ लेखाइमा समय दिन सकिने छैन ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)पारिवारिक जीवन सुखद रहनेछ भने घरपरिवारका सदस्य,मित्र,नातागोता माझ सम्बन्ध सुदृड हुनेछ । राम्रा काम गर्न सकिने हुनाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । छोटो दुरिको यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछ । थोरै मेहनेत गर्दापनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । ललितकला,संगित एवम साहित्यमा रुची बढ्नेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिने समय रहेकोछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

ज्यो.डिपी उपाध्याय 

 

प्रतिक्रिया