मोटरहेड स्पोर्ट्स बाइकको नयाँ मूल्य निर्धारण (मूल्य सहित)

काठमाडौं । पछिल्लो समय ग्राहकहरूमा निकै लोकप्रिय मोटरहेड ब्राण्डका स्पोर्टस भर्सनका बाइकहरूको नयाँ मूल्य निर्धारण कायम गरिएको छ ।

मोटरहेड ब्राण्डका बाइक तथा स्पेयर्स पार्टसको नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.का अनुसार मूल्यमा केही बृद्धि भएको हो । स्पोर्टस रोड भर्सन बाइकको मूल्य ३ लाख ७० हजार रुपैयाँ र स्पोर्टस अफरोड भर्सन बाइकको नयाँ मूल्य ३ लाख ६८ हजार रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ ।

मोटरहेडका एमएच २०० को मूल्य ३ लाख ७५ हजार रुपैयाँ, टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ र स्क्र्याम्ब्लर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ पर्छ ।

आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आफ्नै सुविधासम्पन्न शोरुम छ । यस्तै काठमाडौंको टेकु र भित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्ट मार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर्स पार्टस्को सेवा उपलब्ध गराइरहेकोछ ।

यस्तै गरी काठमाडौं बाहिर बनेपा, नेपालगञ्ज, चितवन, वीरेन्द्रनगर, वीरगन्ज, तुलसीपुर, पोखरा, इटहरि, बागलुङमा कम्पनीले डिलर विस्तार गरिसकेको छ । उता बुटवलको योगीकुटीमा नयाँ शोरुम स्थापना हुँदैछ ।

कम्पनीका जनरल म्यानेजर उज्ज्वल जोशीका अनुसार देशका अन्य मूख्य शहरमा पनि डिलर विस्तारको तयारी भैरहेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै कम्पनीले बिर्तामोड, दमक, मिर्चैया, बर्दिबास, हेटौंडा, गोर्खा, दमौली र नुवाकोटका लागि डिलरसिप आह्वान गरेको छ । यस्तै कम्पनीले बिक्री पछिको सेवालाई पनि प्राथमिकतामा राखेको छ।

कम्पनीले तुलनात्मक रुपमा राम्रो ब्राण्डका बाइकहरु सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ।

प्रतिक्रिया