दाहाल नेपाल पक्षको विरोध सभा शुरु
२०७७ माघ २८ गते

काठमाडौँ । संसद विघटनको विरोधमा नेकपाको दाहाल नेपाल पक्षले आयोजना गरेको विरोध सभा शुरु भएको छ ।
भृकुटीमण्डपमा सडकमै बनाइएको मञ्चमा शुरु भएको सभालाई संबोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता तथा जनआन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठ लगायत नेता पुगिसकेका छन् ।
सभालाई संबोधन गर्न शिर्ष नेताहरु मञ्चमा पुगेका छन् । सभा शुरु हुनु अघि उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निस्केको थियो । सभामा हजारौँ नागरिक सहभागि छन् । सभाका कारण काठमाडौको सवारी आवागमन भने अस्तब्यस्त बनेको छ ।
२०७७ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








