‘फटाहा फणीन्द्रे’ मा कर्मा र छुल्ठिम अनुबन्धित

काठमाडौँ । चलचित्र ‘फटाहा फणीन्द्रे’ मा कलाकार कर्मा र छुल्ठिम गुरुङको अभिनय रहने पक्का भएको छ । अरुण खड्काको निर्माण तथा निर्देशन रहने चलचित्रमा कर्मा, छुल्ठिम साथै रोहित रुम्बा अनुबन्धित भएका हुन् । केही समय अगावै निर्माण घोषणा गरिएको चलचित्रमा सुस्मा कार्की समेत रहने छिन् ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रको प्रस्तुत कर्ता सुनिल मानन्धर रहेका छन् । विक्रम सिंह गुरुङ निर्माता र नेत्र विष्ट कार्यकारी निर्माता रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाङ्कन रहनेछ । उत्तम केसीको कथा रहेको फिल्ममा पटकथा, संवाद हिमाल उप्रेती सुशील पोखरेल र अरुण खड्काको रहेको छ ।

प्रतिक्रिया