सम्राटको ‘इस’ हिन्दी भाषामा आउने

काठमाडौँ ।इस‘ बोलको गीत हिन्दी भर्सनमा आउने भएको छ । गीतका गायक,  सङ्गीतकार तथा गीतकार सम्राट चौलागाईले आफ्नो गीत हिन्दी भाषामा आउन लागेको बताएका छन् । उक्त गीतमा सम्राटकै स्वर रहनेछ भने महिला आवाज कसको राख्ने टुङ्गो लागेको छैन । ‘इस’  गीत सम्राटसंगै रचना रिमालले गाएकी थिइन् । गीतको भिडियोमा अभिनेता पल शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौला लगायत कलाकारहरुले अभिनय गरेका थिए ।

प्रतिक्रिया