इग्निस “अर्बन कम्प्याक्ट एसयूभी” सार्वजनिक (मूल्य सहित)

काठमाडौँ । प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजी-नेक्स्ट जेनले न्यू इग्निसको पुनर्सज्जा सार्वजनिक गरेको छ । न्यू इग्निसले आकर्षक अग्रभाग भएको एसयुभी डिजाइन, फराकिलो र बलियो पछिल्लो भाग तथा उच्च सिटिङको व्यवस्था रहेको छ । यसमा थपिएका एसयुभी विशेषतामा आकर्षक स्पोइलर र रुफ रेल समावेश छन्।

आकर्षक डिजाइन, उच्च सिटिङ सुबिधा र उच्च ग्राउन्ड क्लियरेन्सको संयोजनले न्यू इग्निसलाई एउटा पूर्ण कम्प्याक्ट अर्बन एसयुभी बनाएको छ । यसमा थपिएका विशेषताहरुमा आरामदायी र फराकिलो भित्री भाग, अपग्रेड गरिएको सुरक्षा व्यवस्था, अब्बल ड्राइभिङ सामर्थ्य र गतिशीलता हो । न्यू इग्निसमा १.२ लिटर बिएस६ कम्प्लाएन्ट पेट्रोल इन्जिन छ, जसले सजिलो तथा आरामदायी यात्राका लागि सहजता सिर्जना गर्छ ।

पूरै नयाँ बाहिरी भाग
न्यू इग्निसको विशिष्ट डिजाइनलाई एसयुभी डिजाइनका तत्वहरु समावेश गरेर बनाइएको छ । अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले यसलाई स्थिर स्वरुप दिएको छ । उच्च सिटिङ पोजिसन, जबरजस्त र फराकिलो आकारसहितको पछिल्लो फेसिया, रुफ रेल र स्पोइलरले यसको एसयूभी विशेषतालाई अझै माथि उकासेका छन् । भव्य डिआरएलएसबाट सुसज्जित प्रभावकारी तथा व्यवस्थित एलइडी प्रोजेक्टर हेडल्याम्पले न्यू इग्निसमा देखिने भव्यतालाई अझ बढी प्रस्ट पारेको छ ।

 

फराकिलो र आरामदायी भित्री भाग (इन्टेरियर)
न्यू इग्निसको फराकिलो क्याबिनमा विशिष्ट डुअल टोन आइभोरी इन्टेरियर सिट फेब्रिक र आधुनिक ढाँचा देख्न पाइन्छ । ड्यासबोर्डको विशिष्ट लिनियर डिजाइनले क्याबिनमा प्रशस्त खुला ठाउँको अनुभूति दिलाउँछ । सिग्नेचर नेक्साको निलो रङसँग एकीकृत हुँदै ब्लू हाइलाइटले यसको केन्द्रीय ढाँचालाई सजाएको छ । न्यू इग्निसमा १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो छ ।

इन्जिन तथा ट्रान्समिसन
न्यू इग्निसमा बिएस६ कम्प्लायन्ट १.२ लिटर भिभिटी पेट्रोल इन्जिन छ, जसले सहज कार्यसम्पादन सुनिश्चित गर्दछ । यो आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने गरी सुधार गरिएको इन्जिन हो ।


सुपेरियर सेफ्टी
नयाँ इग्निसमा पर्याप्त स्थान र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । नयाँ इग्निसमा सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्ट्रेन सिस्टम र इबीडीसहितको एबीएस रहेको छ ।
हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ इग्निसमा फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ ।

मूल्य:

Ignis DeltaRs 3149000.00
Ignis ZetaRs 3449000.00
Ignis AlphaRs 3749000.00

Technical Specification:

Dimensions
Length (mm)3700
Width (mm)1690
Height (mm)1595
Wheelbase (mm)2435
Boot Space (L)260
Engine
Engine TypeK12 VVT BS6
Engine Capacity1197 cc
Max power (ps)84 @ 6000 rpm/61 kw@6000 rpm
Max Torque (Nm)113 @ 4400 rpm
No. of Cyclinder4
Transmission
Type5MT
Brakes
FrontDisc
BackDrum
Steering
Steering TypeElectric
Turning Radius (m)4.7
Suspension
FrontMac Pherson Strut
RearTorsion Beam
Others
Fuel Tank Capacity (L)37
Seating Capacity5
Kerb Weight (kg)840-865
Tyre Size175/65 R15
प्रतिक्रिया