‘बिस्तारै बिस्तारै’ मा रोमान्टिक एसराज र एलिजा
२०७७ माघ २७ गते

काठमाडौँ । रोमान्टिक गीत ‘बिस्तारै बिस्तारै‘ सार्वजनिक भएको छ । गीतमा प्रताप दास र कविता श्रेष्ठले स्वर दिएका छन् । राजेश कुमार श्रेष्ठले लेखेको शब्दमा अलिश कार्कीले संगीत भरेका छन् । गोविन्द राईले निर्देशन गरेको भिडियो झापामा खिचिएको हो । एसराज गराच र एलिजा गौतम अभिनित भिडियो शृंगारको जिम्मा अनिता ग्वाचाले लिएकी थिइन् । भिडियो छायांकन भने दिपेन बस्नेतको रहेको छ ।
एलिजासंग पहिलो पटक काम गरेका एसराजलाई भने सुरुमा केही अप्ठ्यारो महसुस भएको थियो रे । तर काम गर्दै जादा भने उनले एलिजा जिम्मेवार र सहज वातावरण बनाउन सक्ने पाए । निर्देशकसंग समेत कामको विषयमा छलफल गर्दै काम गर्न पाइने भएकोले उनलाई रमाइलो लागेको बताउछन् ।
२०७७ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








