‘सत्यम’ मा पल अनुबन्धित

काठमाडौँ । चलचित्र ‘सत्यम’ मा पल साह अनुबन्धित भएका छन् । चलचित्रमा उपासना सिंह ठकुरीको समेत अभिनय रहने चर्चा छ । यसअघि नै राजेश हमाल र अनुपविक्रम शाही फाइनल भएका थिए । चलचित्रमा शङ्कर कार्कीको निर्देशन रहने छ भने निर्माता रेसम सापकोटा रहेका छन् । सापकोटाको लेखन तथा लगानी रहने चलचित्रमा सह–निर्माताको रूपमा श्याम मल्ल र गणेश पौडेल छन् । चलचित्रका लागि अन्य कलाकार छनौट प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया