लप्पन छप्पन २ को दोस्रो टिजर

काठमाडौँ । मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन २’ को नयाँ प्रदर्शन मितिको साथमा दोस्रो टिजर सार्वजनिक भएको छ । चलचित्र नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउने छ ।

सार्वजनिक टिजरमा सौगात मल्ललाई मात्र स्थान दिइएको छ । एक्सन ड्रामा चलचित्रमा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतको अभिनय छ । खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुति रहेको चलचित्रको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रतिक्रिया