‘तेस्का बाजे’ बन्ने

काठमाडौँ । कला राईको प्रस्तुतिमा चलचित्र ‘तेस्का बाजे’ बन्ने भएको छ । आज शंखमुलको चामुण्डा मन्दिरमा गरिएको शुभमुहुर्तमा पत्रकारहरूको समेत सहभागिता रहेको थियो । चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गर्दै छन् । चलचित्रमा राम महर्जन र शत्रुघन अन्सारीको लगानी रहने छ ।

कमेडी जनरामा निर्माण हुने चलचित्रका लागि हालसम्म केही कलाकार छनोट गरिएको छ भने बाकीको छनौट गर्दै जाने टिमको तयारी छ । बिजी बर्मा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र चैतको पहिलो साताबाट छायाङ्कनमा जानेछ ।चलचित्रमा दिवस गुरुङको छायाङ्कन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको सङ्गीत, राजेश पायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको स्वर रहनेछ । चलचित्र काठमाडौँ, धरान, इलाम र झापामा छायाङ्कन गरिने छ ।

 

प्रतिक्रिया