‘आई एम ट्वान्टी वान’ प्याकअप

काठमाडौं । चलचित्र ‘आई एम ट्वान्टी वान’ को छायांकन सकिएको छ । काठमाण्डौ, धरान, ललितपुर लगायतका स्थानमा छायांकन गरिएको चलचित्र ५५दिनमा सकिएको हो । रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्रमा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका छ ।

प्रज्ज्वल शमशेशर जबराको निर्माणमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन । धिरज र जसिताले पहिलो पटक पर्दा शेयर गरेका हुन् ।

प्रतिक्रिया