‘२ नम्बरी’ मा दीपक मनाङे

काठमाडौं । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘२ नम्बरी’को निर्माण टोलीमा दीपक मनाङे जोडिएका छन् । कोरोना महामारी कारण रोकिएको चलचित्रको बाकी  छायाङ्कन चैत दोस्रो सातादेखि सुरु हुने भएको छ । फेसबुकमा स्ट्याटस लेख्दै निर्देशक लामाले निर्माताको रूपमा दीपक मनाङे जोडिएको बताएका हुन् ।
चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत, बुद्धि तामाङ र भुटानी अभिनेत्री उगेन छोदन मुख्य कलाकारको रूपमा रहेका छन् । निर्माताको रूपमा दीपक मनाङे थपिनुअघि रोहित कट्टेल र सरोज नेपाली चलचित्रका निर्माता थिए । चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने सहायक निर्माताका रूपमा अमला देवी राई छन् ।
प्रतिक्रिया