पौडेलले देउवालाई भने- तत्काल केन्द्रीय समिति बोलाउनुस्

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् ।
गृहजिल्ला तनहुँमा रहेका वरिष्ठ नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको सन्दर्भमा पार्टीको स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका हुन् ।
‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो,’ उनले भने, ‘यस्तो अवस्थामा नेपाली कांग्रेसजस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न आवश्यक छ ।’
वरिष्ठ नेता पौडेल केही दिनयता तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भइरहेका छन् ।
#1
देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेका छन् । संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ती त्यसैको पछिल्लो कडी हो । यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न –— Ram Chandra Paudel (@RcPaudelNepal) February 4, 2021
#2
तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।— Ram Chandra Paudel (@RcPaudelNepal) February 4, 2021








