डिस होमको रियालिटी टिभीमा ‘चम्सुरीसंग चिया गफ’ प्रसारण हुने

काठमाडौं । डिसहोमको रियालिटी टिभीमा ‘चम्सुरीसंग चिया गफ’ कार्यक्रम प्रसारण हुने भएको छ । उक्त कार्यक्रम ‘चम्सुरी’ उपनामले चिनिने हाँस्यकलाकार पल्पसा डंगोलले संचालन गर्ने छन् ।

कार्यक्रम डिस होमको च्यानल नम्बर १०२ मा हरेक शुक्रबार साँझ साढेँ ७ बजे प्रसारण हुनेछ । कार्यक्रमको पहिलो भाग भोलि (शुक्रबार)देखि प्रसारण हुने डिस होमले जनाएको छ ।

कार्यक्रम बिणभ क्रियसनले निर्माण गर्नेछ । भने  निर्देशन संचारकर्मी तथा सिने निर्देशक समिर जोशीले गर्नेछन् । कार्यक्रममा कलाकारहरुसंग चियासंगै पल्पसाले अन्तरंग कुराकानी गर्नेछिन् ।

प्रतिक्रिया