हड्ताल गर्न माधव नेपाल स्कुटरमा कोटेश्वर पुगेपछि…

काठमाडौं । बिहीबार देशभर नेकपा माधव-प्रचण्ड पक्षले घोषणा गरेको बन्दको व्यापक प्रभाव देखिएको छ । प्रचण्ड-माधव पक्षका अधिकांश शिर्ष नेताहरु बन्द गर्न सडकमा पुगेका छन् । यस्तै अध्यक्ष प्रचण्ड र माधवप नेपाल पनि बन्द गर्न सडकमा पुगेका छन् ।

अध्यक्ष प्रचण्ड गाडी चढेर पुल्चोक पुगे भने, अर्का अध्यक्ष माधव नेपाल स्कुटर चढेर कोटेश्वर क्षेत्रको अवलोकन गर्न पुगेका थिए । बन्दकर्ता समूहका शिर्ष नेतृत्वले नै बन्दकाे अवज्ञा गरेपछि फेसबुक लगायतका समाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रतिक्रिया