चाउचाउ, चिउरा र पानीसहित सडकमै बसे नेता-कार्यकर्ता [तस्बिरसहित]
२०७७ माघ २२ गते
![चाउचाउ, चिउरा र पानीसहित सडकमै बसे नेता-कार्यकर्ता [तस्बिरसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/02/chiura_MK-scaled.jpg)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकछिन् सडकमै बसे । खुमलटारबाट निस्किएर प्रचण्डले सातदोबाटो, कोटेश्वर हुँदै पुल्चोकको सडकमा बसेर हड्तालको पक्षमा माहौल बनाएका हुन् ।
उनीसँगै पुल्चोकको हडतालमा नेतृ पम्फा भुषाल, नेता विष्णु रिजाललगायतका नेताहरु सहभागी भएका थिए । हडतालका लागि सडकमा आएका कार्यकर्तालाई चाउचाउ, चिउरा र पानीको व्यवस्था गरिएको छ ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो ।
हेरौं, काठमाडौँका मुख्य शहरी क्षेत्रमा बन्दको अवस्थाका केही तस्बिर :-


- तस्बिर : धनबल राई / मकालु खबर
२०७७ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








