माधव नेपालले सुकुम्बासी समस्या समाधान गर्न नदिएको ओलीको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समस्या समाधान गर्न नेता माधव नेपालले अवरोध श्रृजना गर्ने काम गरेको बताएका छन् ।

बुधबार भूमिहिन सुकुम्बासी संगठन केन्द्रीय कमिटीले आयोजना गरेको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले माधव कुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा पुर्याएको बताएका हुन् ।

उनले भने, “अघिल्लो पटक म प्रधानमन्त्री हुँदा समस्या समाधान गर्न खोजियो । माधव नेपालले आफ्नो एउटा समर्थक वकिललाई लगाएर मुद्धा लगाएर लच्चिएको लच्चियै काम हुन पाएन । भूमि व्यवस्था समाधान हुन नदिने । एउटा हाजिरी जवाफ प्रतियोगिता जस्तो चलाईहालुँ । तपाईहरुला म सोध्छु । सुकुम्बासी समस्या समाधान हुन नदिने नेताहरु मध्येको मुख्य नेता को हो ? माधव नेपाल । बनेको आयोगलाई काम गर्न नदिएर एउटा नवलपरासीको सुकुम्बासी मानसिकताको वकिलले मुद्धा हालेर त्यो आयोगले काम गर्न पाएन । र यसपटक फेरि हामीले आयोग बनाउनुपर्यो । यो आयोग बनाउन थालेको लगभग ३ बर्ष भयो । पार्टी छोडेर माधव नेपाल ‘पाटी’तिर गएपछि बल्ल आयोग पुरा भयो ।”

नेता नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको संज्ञा दिँदै उनले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गरे ।

उनले सुकुम्बासी समस्या समाधानको विषय मुलभूत विषय भएको भन्दै सरकार समस्या समाधान गर्ने काममा लागेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या लगायतका समस्या समाधान गर्न भूमि व्यवस्था आयोग निर्माण गरेको र त्यो आयोगले देशव्यापी रुपमा पुर्णता पनि पाईसकेकाले छिटै भूमि सम्बन्धी समस्याको अन्त्य हुने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया