‘झाँक्रीलाई कारबाही गर्ने विषयमा आइजीपीसँग कुराकानी भइसक्यो’ [भिडिओसहित]
![‘झाँक्रीलाई कारबाही गर्ने विषयमा आइजीपीसँग कुराकानी भइसक्यो’ [भिडिओसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/oli2.jpg)
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई कारबाही गर्ने विषयमा आइजीपीसँग कुराकानी भइसकेको जानकारी गराएका छन् ।
बुधबार नेकपाभित्रको केपी शर्मा ओली समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेतृ झाँक्रीलाई कारबाही गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र बुझेपछि मन्त्री थापाले यस्तो जानकारी गराएका हुन् । ‘यो विषयमा आइजीपीसँग पनि कुराकानी भइसकेको छ’, मन्त्री थापाको भनाइलाई उदृत गर्दै संघकी अध्यक्ष सुजिता शाक्यले भनिन्, ‘यसलगायत अन्य कदम पनि चाल्छौँ ।’
यसअघि गत १६ माघमा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बडामहारानी’ भनेकी थिइन् । तत्पश्चात् नेतृ झाँक्रीको उक्त वाक्यलाई विभिन्न कोणबाट विश्लेषण गरिँदै आएको छ ।
खासगरी गत ५ पुषमा प्रधानमन्त्री ओलीले सिफारिस गरेको प्रतिनिधि सभा विघटनको निर्णय सदर गरेपछि राष्ट्रपति भण्डारीको आलोचना हुँदै आएको छ ।








