झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेकपा ओली समूह निकट अखिल नेपाल महिला संघ(अनेमसंघ)ले दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गरेको छ । संघको टोलीले बुधबार गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै कारवाहीको माग गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै उनलाई कारबाही गर्न माग गरेको संघले जनाएको छ ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिको चरित्र हत्या गर्नेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका संघले जनाएको छ।

प्रतिक्रिया