भारतमा कोरोना संक्रमणबाट डेढ लाख बढीको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सङ्ख्या एक लाख ५४ हजार ५९६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११० जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड सात लाख ७७ हजारभन्दा बढी पुगेको छ ।

वितेकाे २४ घण्टामा भारतमा ११ हजार ३९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ७७ हजार २८४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ६२ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ६० हजार ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया