जसपा नेता यादवले ओली समूहमा प्रवेश गरे

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको ताजा जनादेशमा जाने निर्णयलाई समर्थन गर्दै आफू नेकपामा प्रवेश गरेका यादवले बताएका छन् ।

विसं २०६३ को मधेश आन्दोलनपछि यादव मधेशी जनाधिकार फोरममा थिए ।

प्रतिक्रिया