प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन गर्दै अमेरिका

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन आयोजना गर्ने भएका छन् । सम्मेलनमा विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई बोलाइने  छ । यस्तै सम्मेलनमा अमेरिकाको प्रजातन्त्रसम्बन्धी विश्वव्यापी प्रतिवद्धता नविकरण गरिने स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

सम्मेलन मुख्यत: ४ विषयमा केन्द्रित रहने छ । भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष गर्ने, निरंकुश शासकको विपक्षमा उभिने, चुनावी सुरक्षाको ग्यारेन्टी गर्ने र विश्वभर मानव अधिकारको अवस्थालाई सुदृढ बनाउने विषयमा छलफल गर्ने योजना छ ।

सो सम्मेलनमा नागरिक समाजका विभिन्न संस्थाहरुको सहभागिता पनि हुनेछ । कर्पोरेट क्षेत्र, सोसल मिडिया कम्पनी लगायतका संस्थाहरुलाई प्रजातान्त्रिक मूल्य मान्यता, अभिव्यक्ति स्वतन्त्रता लगायका विषयहरु प्रवर्द्धन गर्नका लागि आग्रह गरिने पनि जनाईएको छ ।

प्रतिक्रिया