नासा नेपाललाई अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघद्वारा ‘फ्यामिली सोलिडारिटी ट्रफी’ प्रदान

काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा)लाई अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघले फ्यामिली सोलिडारिटी ट्रफी प्रदान गरेको छ । महासंघको आइतबार सम्पन्न साधारणसभाबाट सो ट्रफी प्रदान गरिएको हो ।

पहिलो पटक स्थापित ‘फ्योमिली सोलिडारिटी ट्रफी’ नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा)ले प्राप्त गरेको हो । ७७ फेडेरेसनहरु सहभागी साधारण सभाल सन् २०२० का प्रतिवेदन अनुमोदन गरि सन् २०२१ को कार्यक्रम र बजेट पारित गरेको छ ।

इराक र मोजम्बिकका मोटरसाइकल फेडेरेसनलाई सदस्यता दिने र इजरायलको संघ परिवर्तन गर्ने प्रस्ताव समेत पारित गरेको सो साधारणसभामा क्यानडाको मोटरसाइकल फेडेरेसनको सदस्यता खारेज प्रस्ताव भने असफल भएको छ ।

महासंघको नेतृत्वमा मोटरसाइकल फाउण्डेसनको स्थापना गर्ने, राइडर्सको बिमाको लागि संसारभर लबिङ्ग गर्ने, वातावरण संरक्षण, महिला शसक्तिकरण र सडक सुरक्षामा विश्वव्यापी रुपमा सकृय हुने लगायतका निर्णय समेत साधाराण सभाले गरेको छ । नेपालबाट नेपाल अटो मोवाइल्स एसोसिएसन नासा यसको राष्ट्रिय संघ हो।

प्रतिक्रिया