अमेरिका बोइजपश्चात् प्रवेशको ‘बिहे पास’

काठमाडौं । ‘बिहे पास’ चलचित्र निर्माण हुने भएको छ । सामाजिक विषयवस्तुमा बन्ने चलचित्र प्रवेश पौडेलले निर्देशन गर्ने छन् ।  चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहनेछ ।
रोहित कट्टेलको प्रस्तुति रहने चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह निर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको छायाकंन चैत्र पहिलो साताबाट सुरु हुने छ ।
आकाश बराल,सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास’ का अन्य कलाकार तथा प्राविधिकको छनौट कार्य जारी रहेको छ । चलचित्रको छायाकंन तराई भेगमा गरिने बताइएको छ ।प्रवेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए भने लामो समय पस्चात प्रकृति चलचित्रमा फर्किएकी हुन् ।
प्रतिक्रिया