‘वनवास’बनाउदै करिश्मा

काठमाडौं ।  अभिनेत्री करिश्मा मानन्धरले चलचित्र ‘वनवास’ निर्माण गर्ने भएकी छन् । पछिल्लो पटक ‘फागु’ बनाएकी उनले छोरी कविता मानन्धरलाई लिएर फिल्म ‘वनवास’ निर्माण गर्ने फेसबुकमा पोस्ट सार्वजनिक गर्दै बताएकी छन् । फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्रमा परिवार र सम्बन्धको कथा भन्ने बताएकी छन् ।

बाबु र छोरीको सम्बन्धको कथामा छोरीको भूमिका कविताले निर्वाह गर्नेछिन् भने बाबुको भूमिकामा अभिनेता सरोज खनाल रहने छन् ।  चलचित्रको कथा सुशील क्षेत्रीले तयार पारेका हुन् ।

कविताको डेब्यू चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ सफल हुन सकेन ।
प्रतिक्रिया