संसद् विघटनविरुद्ध सरकारी पक्षले थाल्यो सर्वोच्चमा प्रतिरक्षा बहस

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा सरकारी पक्षको प्रतिरक्षा बहस आजदेखि शुरु भएको छ । बहसको सुरुवात सरकारका तर्फबाट महानयायाधीवक्ता अग्नि खरेलले गरेका छन् ।

पुष ५ गते मन्त्रिपरिषद्को सिफरिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटनको सिफारिस सदर गरेकी थिइन् ।  सरकारको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा परेको रिटमा आइतबार बहस सकिएको छ । सोमबारदेखि सरकारी पक्षले प्रतिरक्षा बहस थालेको हो । प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध सर्वोच्चमा १३ जनाको रिट परेका छन् र माघ ४ गतेदेखि संवैधानिक इजलाशमा बहस चलिरहेको छ ।

प्रधानमन्त्री ओलीको तर्फबाट महान्यायधिवक्ता, सरकारी वकिल, कानुन व्यवसायीले बहस गर्नेछन् । सरकारको तर्फबाट बहस गर्ने १ सय ५९ जनाको सूची छ । सभामुखको तर्फबाट ३ जना र एमीकस क्युरीबाट ४ जनाले बहस गर्नेछन् ।

प्रतिक्रिया