एसराज अभिनित चलचित्र ‘साःगः’ पुरस्कृत

काठमाडौं । कीर्तिपुर नगरपालिकाले आयोजना गरेको नेपाल भाषाको लघु चलचित्र प्रतियोगितामा प्रदीप खड्गीद्वारा निर्देशित चलचित्र ‘साःगः’ ले प्रथम पुरस्कार प्राप्त गरेको छ । डेल्टा मल्टिमिडिया प्रोडक्सनले निर्माण गरेको ‘साःगः’ ले पुरस्कारसँगै  प्रमाणपत्र, ट्रफी र नगद एक लाख रुपैयाँ हात पारेको छ ।

चलचित्रमा एसराज गराच, राजेन्द्रमान शाक्य, सुरज व्यञ्जनकार, दीया श्रेष्ठलगायतका कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् । कीर्तिपुर नगरपालिकाद्वारा उक्त प्रतियोगितामा सहभागी ७ वटा चलचित्रको प्रिमियरसँगै विजेताको घोषणा गरिएको हो ।

प्रतियोगितामा नेवाः युट्युबको ब्यानरमा निर्मित ‘आजुद्यः’ ले दोस्रो पुरस्कार जितेको छ भने शशिकला मानन्धरको प्रस्तुति ‘लाखय् पाः’ तेश्रो हुन सफल भएको छ ।

प्रतिक्रिया