यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]
![यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/banner-Raashifal_makalukhabar.png)
पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ १९ गते । सोमबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–चतुर्थी,३३ घडी २६ पला,बेलुकी ०८ बजेर १५ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–उत्तराफाल्गुनी,४७ घडी ४९ पला,रातको ०२ बजेर ०० मिनेट उप्रान्त हस्त । योग–अतिगण्ड,१२ घडी २५ पला,बिहान ११ बजेर ५१ मिनेट उप्रान्त सुकर्मा । करण– बव,बिहान ०९ बजेर ०९ मिनेट उप्रान्त बालव,बेलुकी ०८ बजेर १५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–सिंह,बिहान ०८ बजेर ५३ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४३ मिनेट । दिनमान २७ घडी ०६ पला । काशी–बडागणेश चतुर्थी ।
बार बेला ।
बिहान ०६ बजेर ५३ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ५४ मिनेटदेखी बिहान ८ बजेर १४ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर १५ मिनेटदेखी बिहान ९ बजेर ३५ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखी बिहान १० बजेर ५७ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ५८ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म उद्वेग बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखी दिउसो १ बजेर ३९ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर ४० मिनेटदेखी दिउसो ३ बजेर ०१ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ०२ मिनेटदेखी बेलुकी ४ बजेर २२ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर २३ मिनेटदेखी बेलुकी ७ बजेर २२ मिनेटसम्म चर बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।
राहुकाल
बिहान ०८ बजेर १४ मिनेटदेखी बिहान ०९ बजेर ३५ मिनेटसम्म रहनेछ ।
राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थले साथ दिने हुँदा शाहसिलो काम गर्न आट आउनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टाएर जानेछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने धन संग्रह गर्न सकिनेछ । क्षमता प्रयोग गरी स्वरोजगार बन्न सकिनेछ । अध्ययनमा प्रगती हुनुका साथै आफ्नो ज्ञान प्रयोग गरी काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुने अधिक सम्भावना रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा रमाउने समय रहेको तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछी लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा मनग्गे धनलाभ हुनेछ भने नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा साथीभाइले राम्रै सहयोग गर्ने हुनाले रचनात्मक काममा जुट्न सकिनेछ । लामो समयदेखि रोकिएका काम पुनः सुचारु गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । तरपनि यात्र गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खाद्यान्न,पानि तथा औषधिजन्य व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा मन्दी आउनेछ । राम्रा काम गर्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिद्या तथा प्रतिस्पर्धामा विजय प्राप्त गर्न निकै समय खर्चनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने सम्भावन रहेकोछ । गरेका काममा ढिलासुस्ती र अवरोधको सामना गर्नुपर्ने हुन सक्छ । श्रमको उचित प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्ला । पारिवारिक समस्याले ज्ञान र बौद्धिकताका क्षेत्रमा समय दिन सकिने छैन । तरपनि व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्न सकिनेछ । अग्रज तथा जान्ने बुझ्ने मानिसको राय लिन राम्रो मानिन्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समय मध्ययम रहेकोछ । काम गर्दा ध्यान नदिए जरिवाना तिर्नु पर्ने हुन सक्छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने कलकारखाना र बन्दव्यापारबाट फाईदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक भई आफ्नो प्रश्तुति दिन सकिनेछ । नोकरी तथा राजनीतिमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । लाभदायक यात्राको प्रशस्त सम्भावन रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नती प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध काममा कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागि पद प्राप्तीको योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रशासनिक क्षेत्रमा तपाईँको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगती हुने योग रहेकोछ । बिहानको समयमा सरसफाई तथा बाहिरी वाताबरणको ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा राम्रो प्रगती गर्न सकिनेछ । प्रतिस्पर्धामा अग्र स्थानमा तपाईँको नाम आउनेछ । मध्यान्हबाट माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
- ज्यो.डिपी उपाध्याय ।








