भारतमा कोरोना महामारीपछिको पहिलो बजेट, परम्परा तोड्दै अर्थमन्त्री

काठमाडौं । भारतमा कोरोना महामारीपछिको पहिलो बजेट सोमबार पेस हुँदैछ । आर्थिक बर्ष २०२१/२२ का लागि प्रस्तुत हुने बजेटलाई निकै चासोका साथ हेरिएको छ । कोरोना महामारीका कारण भारतीय अर्थतन्त्र इतिहासकै नकारात्मक बिन्दूमा पगेको थियो । 

भारतीय समयअनुसार सोमबार बिहान ११ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री निर्मला सितारमणले बजेट प्रस्तुत गर्दा यसअघिको परम्परा तोड्ने भएकी छन् । उनले डिजिटल अर्थात् ईलेक्ट्रोनिक माध्यमबाट बजेट प्रस्तुत गर्ने भारतीय भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि बजेट कागजमा लेखेर प्रस्तुत हुने गरेको थियो ।

बजेटमा कोरोनाबाट प्रभावित नागरिकलाई राहतदेखि अर्थतन्त्र बृद्धिका लागि गरिने पहलसम्मका योजना प्रस्तुत हुने अपेक्षा गरिएकाे छ ।

बजेटमा भारतीय नागरिकको अपेक्षा बढी हुने भएकाले अर्थमन्त्री सितारमणलाई बजेट मार्फत नागरिकको माग सम्बोधन गर्न चुनौती हुने देखिन्छ । भारतमा अप्रिल १ देखि नयाँ आर्थिक वर्ष सुरु हुँदैछ ।

प्रतिक्रिया